स्वास्थ्य

कोरोना संक्रमितमध्ये ५० दशमलब ४६ प्रतिशत युवा

मंगलबार नेपालमा ७ हजार ६ सय ६० जना नयाँ कोरोना संक्रमित थपिए। थपिएका नयाँ संक्रमितमध्ये ५० दशमलब ४६ प्रतिशत युवा उमेरका रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ भेरियन्टको कोरोना संक्रमणबाट ३० देखि ३९ वर्ष समूहका युवाहरु बढी संक्रमित भएका छन्।

बितेको २४ घन्टामा कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै उक्त तथ्य बाहिर ल्याएको मन्त्रालयले सो उमेर समूहका १ हजार ९ सय ७४ संक्रमित भएको जनाएको छ।

त्यस्तै २० देखि १९ वर्ष समूहका संक्रमित हुने युवाहरुको संख्या १ हजार ८ सय ९२ रहेको छ। यस्तै ४० देखि ४९ वर्ष समूहका १ हजार ३ सय ४०, ५० वर्षदेखि ५९ उमेर समूहका १ हजार १५ रहेका छन्।

तथ्यांक अनुसार १० देखि १९ वर्षसम्मका संक्रमितको संख्या ४ सय ५२ रहेको छ। ६० वर्षदेखि ६९ वर्ष समूहका ४सय ३७, ७० देखि ७९ सम्मका २ सय ९, ० देखि ९ वर्षसम्मका १७४ र ८० देखि ८९ वर्षसम्मका ६० जना रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २१ वैशाख २०७८ १३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App