स्वास्थ्य

बुटवलमा पछिल्लो २४ घण्टामा ६ संक्रमितको मृत्यु

गम्भिर लक्षण सहितका कोरोना संक्रमितको संख्या बढ्दै जाँदा स्थिती भयावह बन्दै गएको छ। पछिल्लो २४ घण्टामा बुटवलको कोरोना अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरीएका ६ जना संंक्रमितको मृत्यु भएको छ।  बुटवलका ३ जना अर्घाखाँची, कपिलबस्तु र सल्यानका १/१ जना  संक्रमितको गएराती मृत्यु भएको लुम्बिनी प्रादेसिक अस्पताल बुटवलका सूचना अधिकारी डा बिष्णु गौतमलले जानकारी दिए।

डा. गौतमका अनुसार बुटवल उपमहागर ४ का ८४ वर्षीय पुरुष, बुटवल ९ का ६१ वर्षीय र बुटवल ११ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा गएराती मृत्यु भएको हो। अर्घाखाँचीको धतिवाङका ७५ वर्षीय पुरुष,सल्यानका ४३ वर्षीय पुरुष र कपिलबस्तुको शिवराज ७ का ४३ वर्षीय पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको डा.गौतमले जानकारी दिए।

कपिलबस्तु र सल्लयानका  संक्रमितको बुटवलको कोरोना विशेष अस्पतामा मृत्यु भएको हो। डा.गौतमका अनुसार कोरोना अस्पालमा बेड अभाव भएका कारण आइसीयु भर्नाको पालो कुरेका ३ जना संक्रमितको लुम्बिनी प्रादेसिक अस्पतालको इमरजेन्सी र फिबर क्लिनीमा मृत्यु भएको हो। पछिल्लो समय गम्भिर स्वास्थ्य समस्या देखिएपछि अस्पताल आउने संक्रमितको संख्या हवात्तै बढेको छ। चिकित्सकहरुका अनुसार अस्पताल आएका मध्ये अधिकाँश आइसीयुमा राखेर उपचार गर्नु पर्ने अवस्थाका छन्। तर बुटवल भैरहवाका कोभिड अस्पतालमा प्रयाप्त आइसीयु बेड नहुँदा भर्ना हुने पालो कुर्दाकुदै संक्रमितले ज्यान गुमाइरहेका छन्। 

प्रकाशित: २० वैशाख २०७८ ०७:२८ सोमबार

बुटवलको कोरोना अस्पताल ६ संक्रमितको मृत्यु