स्वास्थ्य

कोरोना संक्रमित एक महिलाको मृत्यु

फाइल तस्बिर

शुक्रबार बिहान मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा एक जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ। उनकाे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएकाे छ।

विराटनगर महानगरपालिका–७ की ५४ वर्षीया महिलाको अस्पतालको आइसोलेसन वार्डमा बिहान साढे ३ बजे मृत्यु भएको विराट कोभिड अस्पतालका इन्चार्ज सुनिल देवले बताए।

कोरोना पुष्टि भएपछि महिलालाई वैशाख १४ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। ‘अस्पताल भर्ना गर्दा नै अवस्था धेरै गम्भिर रहेको थियो,’ देवले भने, ‘महिलामा श्वासप्रश्वासको समस्या थपिनुका साथै मधुमेहको पुरानै समस्यासमेत रहेको थियो।’ 

प्रकाशित: १७ वैशाख २०७८ ०६:१७ शुक्रबार

कोरोना संक्रमित महिलाको मृत्यु