स्वास्थ्य

पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु

कोरोना भाइरस संक्रमित पूर्वरानी कोमल शाहकाे स्वास्थ्य अवस्था अझै नसुध्रिएकाे बताइएकाे छ। उनलाइ अस्पतालमा प्लाज्मा थेरापीबाट उपचार थालिएको छ। अक्सिजनको मात्रा कम देखिएपछि बुधवार साँझ आइसियूमा राखेर उपचार थालिएको थियो।  

शुक्रवार पनि उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखेर उपचार गरिएको छ। अस्पतालमै रहेका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।

पाँच दिनअघि कोभिड–१९ संक्रमण देखिएपछि नर्भिक अस्पतालमा पूर्व राज दम्पती र छोरी प्रेरणालाई भर्ना गरिएको थियो।

प्रकाशित: १७ वैशाख २०७८ ०६:०९ शुक्रबार

पूर्वरानी कोमल शाह