स्वास्थ्य

दैलेख अस्पतालको ओपिडि सेवा बन्द

जिल्ला अस्पताल दैलेखमा ओपिडि सेवा शुक्रवारदेखि बन्द गरिएको छ। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि सेवा बन्द गरिएको हो।

अस्पतालमा उपचारका लागि आएका विरामीमा पनि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिन थालेसंगै संक्रमण उच्च देखिएकाले तत्कालका लागि ओपिडि सेवा बन्द गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले बताए। 

अहिले जिल्लामा ९० जन सक्रिय कोरोना संक्रमित रहेका छन्। ओपिडि बाहेक अरु सेवा यथावत रुपमा चल्ने जिल्ला अस्पताल दैलेखले जनाएको छ।

प्रकाशित: १७ वैशाख २०७८ ०५:०७ शुक्रबार

दैलेख अस्पताल ओपिडि सेवा बन्द