स्वास्थ्य

कोरोना संक्रमित महिलाले जन्माईन् स्वस्थ बच्चा

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर। तस्बिर: नागरिक

बाँकेमा कोरोना संक्रमित भएकी एक जना महिलाले स्वस्थ बच्चा जन्माएकी छिन्। सुर्खेत, भेरीगंगा नगरपालिका ११ बस्ने २२ वर्षीया महिलाले बच्चा जन्माएकी हुन्। नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक डा. नितेशकुमार कनोडियाका अनुसार महिलालाई तीन दिनदेखि ज्वरो आएको थियो।  

‘मेडिकल कलेजमा बुधबार पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो, आज बिहान ७ बजेर ३५ मिनेट जाँदा महिलाले बच्चा जन्माईन्,’ उनले भने। अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको डा. कनोडियाले बताए।  

जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले कोरोना संक्रमणबाट धेरैजसो व्यक्तिको अवस्था गम्भिर भइरहेको अवस्थामा कोरोना संक्रमित महिलाले स्वस्थ बच्चा जन्माउनु सुखद पक्ष भएको बताएका छन्। 

प्रकाशित: १६ वैशाख २०७८ ०५:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App