स्वास्थ्य

कोरोना संक्रमित पुरुषको मृत्यु

बैतडीको दशरथचन्द नगरपालिका–९ का  ३५ वर्षीय कोरोना संक्रमितको डडेल्धुरा अस्पतालमा मृत्यु भएको छ। मंगलबार बेलुका साढे ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। 

उनलाई वैशाख ११ गते उपचारका लागि डडेल्धुरा लगिएको थियो। श्वासप्रश्वासको समस्या बढ्दै गएपछि उनको  मृत्यु भएको हो । जिल्लामा पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको छ। 

बुधबारसम्म १ सयि १८ जना कोरोना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

प्रकाशित: १५ वैशाख २०७८ ०४:११ बुधबार

कोरोना संक्रमित मृत्यु