स्वास्थ्य

ऊर्जामन्त्री रायमाझीलाई कोरोना सङ्क्रमण

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। कोरोनाको लक्षण देखापरेपछि सोमबार मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयमा काम गर्नेको स्वाब परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो।  

मङ्गलबार आएको रिपोर्टमा मन्त्री रायमाझीसहित उनकी श्रीमती योगमाया, छोरा सन्दीप, छोरी सन्ध्या, ज्वाइँ बद्री थापा, निजी सचिव नारायण खत्री र भान्से महेश पन्थीलाई कोरोना पुष्टि भएको हो। हाल मन्त्री रायमाझीसहित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको निजी सचिवालयले जनाएको छ। अस्पताल भर्ना हुँदा जोखिम कम भएकाले उनलाई वीरेन्द्र सैनिक अस्पताल भर्ना गरिएको छ। गृहजिल्ला अर्घाखाँचीबाट काठमाडौंँ आएपछि उनलाई कोरोनाको लक्षण देखा परेको थियो।

प्रकाशित: १४ वैशाख २०७८ ११:१२ मंगलबार

ऊर्जामन्त्री रायमाझी कोरोना सङ्क्रमण