स्वास्थ्य

नेपाललाई 'ट्रान्जिट' बनाई तेस्रो मुलुक प्रस्थानमा रोक

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ नयाँ भेरियन्टको बढ्दो जोखिम कम गर्न नेपालबाट तेस्रो मुलुक जान रोक लगाइएको छ।

नेपाल हुँदै तेस्रो मुलुक जानेहरुको संख्या बढेको कारण कोरोना संक्रमणको जोखिम बढेपछि अध्यागमन विभागले बुधबारबाट लागू हुने गरी नेपाल आउन रोक लगाएको हो।

विभागका निर्देशक एवं सूचना अधिकारी झंकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आगमन गर्न र विमानस्थनलाई ट्रान्जिटको रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाइएको जानकारी दिए। उनले सो नियम बुधबार मध्यरातीबाट लागू हुने पनि जनाए।

उनले विदेशबाट नेपाललाई अन्तिम गन्तव्य बनाई आगमन गर्न र नेपालबाट विदेश जान भने साविककै जस्तो रहेको बताए।

प्रकाशित: १४ वैशाख २०७८ ०८:४८ मंगलबार

तेस्रो मुलुक प्रस्थानमा कोभिड १९ नयाँ भेरियन्ट