स्वास्थ्य

सुर्खेतमा एकजना कोरोना संक्रमितको मृत्यु

सुर्खेतमा मंगलबार बिहान कोभिड–१९ (कोरोना भाइरस) संक्रमित एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। जुम्ला तिला गाउँपालिका–२ घर भइ हाल सुर्खेतस्थित वीरेन्द्रनगरमा बस्दै आएका ७६ वर्षीय एक पुरुषको प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दीर्घरोगबाट ग्रसित उनी आइतबार राति प्रदेश अस्पताल कालागाउँमा भर्ना भएका थिए। सोमबार कोरोना परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नोद नारायण चौधरीले जानकारी दिए। स्वास्थ्यमा सुधार नआएपछि कोरोना संक्रमित ति व्यक्तिको मंगलबार बिहान ५ः२० बजे मृत्यु भएको उनले जनाए। यो सँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ।

प्रकाशित: १४ वैशाख २०७८ ०६:३५ मंगलबार

कोरोना संक्रमित