स्वास्थ्य

थप ३५ सय ५६ जनामा कोरोना संक्रमण, १२ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये भक्तपुरमा १२२, ललितपुरमा २२३ र काठमाडौंमा १५६७ जना गरी १९१२ संक्रमित रहेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४ सय नमूनाको पिसिआर परीक्षण र ८९३ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट ३ हजार ४ सय ४२ जना र एन्टिजेन विधिबाट ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ३ हजार ५ सय ६१ पुगेको छ। गत २४ घण्टामा ३७८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार ९५१ पुगेको मन्त्रालयले जनाएको छ।  

पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ७६ पुगेको छ।

प्रकाशित: १३ वैशाख २०७८ १२:२० सोमबार

कोरोना संक्रमण