स्वास्थ्य

थप ३ हजार १२२ जनामा कोरोना संक्रमण, उपत्यकामात्रै १ हजार ४९८

नेपालमा २४ घन्टामा थप ३ हजार १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। थपिएकामध्ये काठमाडौं उपत्यकाकामात्रै १ हजार ४९८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबारे पछिल्लो २४ घण्टाको विवरण जानकारी दिँदै भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ नयाँ संक्रमित भेटिएको बताए।

उनले ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गरिएकोमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ३२ जनामा संक्रमण र एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको पनि बताए।

देशभर कोरोनामुक्त हुने दर ९२.५ प्रतिशत रहँदा २५२ जना आईसीयू र ६५जना भेन्टिलेटमा रहेको उनको भनाइ छ।

प्रकाशित: १२ वैशाख २०७८ ११:२६ आइतबार

कोरोना संक्रमण