स्वास्थ्य

एकैदिन थपिए २ हजार ३५१ नयाँ संक्रमित, हरेक ४ दिनमा संक्रमण दोब्बर

फाइल तस्बिर

नेपालमा एकैदिन कोरोना भाइरसका २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सो संख्यामा नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थपिएकामध्ये काठमाडौं उपत्यकाको काठमाडौंमा ७८६ जना, भक्तपुरमा ८४, ललितपुरमा १८१ जना संक्रमित छन् ।  

पछिल्लो २४ घण्टामा आठ हजार ८४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाएका छन्।  

उनले पछिल्लो समयमा बढेको संक्रमितको संख्या हेर्दा नेपालमा हरेक ४ दिनमा संक्रमितको संख्या दोब्बर हुँदै गएको जनाउँदै संक्रमण बढ्ने संकेत व्यापक बनेको पनि बताए ।

पछिल्लो चौबीस घण्टामा थपिएका संक्रमतिको संख्यासँगै नेपालमा हाल दश हजार ५८२ जनामा कोरोना भाइरसको संक्रमण  सक्रिय रहेको उनको भनाइ छ ।

प्रकाशित: ८ वैशाख २०७८ ११:३१ बुधबार