स्वास्थ्य

गर्मीमा रोगहरूबाट बच्न अपनाउनुस् यी उपाय

गर्मी मौसम बढेसँगै विभिन्न रोगहरू बढ्ने जोखिम रहेको हुन्छ। जाडो यामभन्दा गर्मी याममा रोगहरूबाट बच्न मुस्किल भएकाले आफूलाई ध्यान दिन अत्यन्त आवश्यक हुन्छ। चिकित्सकहरूका अनुसार यस मौसममा रोग नलाग्न दिनु नै उत्तम हुन्छ । गर्मी मौसममा डिहाइड्रेशन, छाला रोग, अपच, लु, टाउको दुख्ने  जस्ता रोगले सताउने गरेको छ। सानो कुरामा ध्यान नदिनाले हामी पनि यस किसिमका रोगहरूको सिकार बन्न सक्छौँ। यी उपायहरूले तपाईलाई रोग लाग्नबाट बाँच्न मदत  पर्‍याउने छ।  

फाइबरयुक्त खानेकुरा  

हाम्रो शरीरमा फाइबरको माग बढी रहेको हुन्छ। फाइबर भएको खानेकुराले स्वस्थ्य रहन मदत गर्नुको साथै हामीलाई ताजा महसुस दिलाउँछ। प्रायः हरियो सागसब्जी, तरकारी, मकै, गहुँ, दालका विभिन्न प्रकार, आलु जस्ता अन्न फाइबरले भरिपूर्ण रहेको हुन्छ। तसर्थ  दैनिकी रूपमा यस किसिमका खानेकुरा खाने गरौँ।  

पानीको मात्रा  

शरीरलाई डिहाइड्रेशन हुन दिनबाट बच्न पानीको सही मात्रा सेवन अत्यन्त आवश्यक हुन्छ। प्रत्येक दिन हामीले पिउने पानीको मात्रा हाम्रो शरीरको तौलमा निर्भर भएको हुन्छ। त्यसैले आफ्नो तौल अनुसार पानी पिउनुपर्छ। सामान्यतया एक दिनमा ८ देखि १० गिलास पानी पिउन  चिकित्सकले सुझाव दिइरहेका हुन्छन्।  

व्यायाम  

शरीरलाई फूर्तिले, निरोगी र फिट बनाउन व्यायामको विशेष भूमिका रहेको हुन्छ। व्यायाम गर्नका लागि जीम, योगा सेन्टर धाइरहनु पर्दैन। बरु आफैले घरमा सूक्ष्म व्यायामबाट सुरु गर्न सक्छौ। आधा घण्टा जति योगले पनि हाम्रो दैनिकीमा सकारात्मक परिर्वतन ल्याउन मदत गर्छ। व्यायाम हाम्रो शरीरलाई मात्र नभई मस्तिष्कका लागि पनि आवश्यक हुन्छ।

चिया तथा कफीको कम सेवन  

चिया तथा कफी मन नपराउनै कमै व्यक्ति होलान्। तर, चिया र कफीबिना कतिपय व्यक्तिलाई आफ्नो दैनिकी नै असहज हुन्छ। तर , धेरै मात्राको यस किसिमका पेयपदार्थले भने हाम्रो शरीरमा नकरात्मक असर देखाउन सक्छ । यस पेयको कम उपभोग गर्न नै राम्रो हुन्छ।  

स्वास्थ्य चेकजाँच

रोगले ग्रस्त भएपछि मात्र अस्पताल जाने र चेकजाँच गर्ने हाम्रो बानी  हुन्छ । जुन आफ्नो स्वास्थ्यप्रति खेलवाड हो। आफूलाई कुनै बिमारीको लक्ष्ण जस्तो लागे चिकित्सक कहाँ जानु अत्यन्त जरुरी रहेको हुन्छ। समय समयमा कुनै रोग नलागे पनि नियमित रूपमा चेकजाँच भने अनिवार्य गनुपर्छ। यसरी केही नियमको पालना गरी आफू स्वस्थ्य बनी खुसी रहौँ।  

प्रकाशित: ६ वैशाख २०७८ ०८:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App