स्वास्थ्य

एकैदिन १३ संक्रमितको मृत्यु, ५५९ मा कोरोना संक्रमण

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा ह्वात्तै बढ्दै गएको छ। आज एकैदिन कोरोनाबाट १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ५ सय ५९ जनामा कोरोना संक्रमण भएको छ।  

यस्तै, हालसम्म संक्रमित हुनेको संख्या २ लाख ८० हजार ५२४ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ छ।

त्यसैगरी आज १३८ जना मानिस कोरोनामुक्त भएका छन्। यो संगै हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ७४ हजार १६५ छ।

प्रकाशित: ३० चैत्र २०७७ १२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App