स्वास्थ्य

भारतबाट फर्केका आठ जना कोरोना संक्रमित

भारतबाट फर्केका बैतडीका ८ जना कोरोना संक्रमित भेटिएका छन्। सिमानाका झुलाघाटमा एन्टिजेन विधिबाट गरिएको कोरोना परिक्षणमा संक्रमित पुष्टि भएको हो। नयाँ वर्ष मनाउन भारतबाट फर्केका नागरिकका कोरोना संक्रमण देखिनथालेपछि स्थानीय त्रसित बनेका छन्।

सिमानाका झुलाघाटमा राखिएको हेल्थ डेष्कमा भारतका विभिन्न ठाउँबाट फर्केका ३ सय १३ जनाको कोरोना परिक्षण गरिएको थियो। ७ जना दशरथचन्द नगरपालिका र एक जना पञ्चेश्वर गाउँपालिककाका कोरोना पोजिटिभ भेटिएका हुन्। पोजिटिभ भेटिएका सबै जना होम आइसालेसनमा बसिरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

दशरथचन्द नगरपालिकाले आइसोलेसन सेन्टर सञ्चालन ल्याउने भने पनि आइसोलेसन सेन्टर तयार नभएकाले संक्रमितहरूलाई होम आइसोलेसनमा पठाइएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए। सिमानाका नाका झुलाघाटमा चैत १० गतेदेखि हालसम्म ३ सय १३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित: ३० चैत्र २०७७ ०३:४२ सोमबार

कोरोना संक्रमित भारतबाट फर्केका