स्वास्थ्य

नेपालले किनेको १० लाख डोज कोरोनाको खोप आइपुग्यो

सरकारले भारतबाट किनेको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ। कोरोनाविरुद्धको १० लाख डोज 'कोभिशिल्ड' खोप आज नेपाल आइपुगेको हो।

सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको खोप एयर इन्डियाको विमानमार्फत काठमाडौं ल्याइएको हो। सरकारले सरकारले सेरमसँग २० लाख डोज खोप किन्ने निर्णय गर्दै अग्रिम भुक्तानी पनि दिइसकेको छ।

प्रकाशित: ९ फाल्गुन २०७७ ०९:४३ आइतबार

कोरोना भाइरस कोरोना भ्याक्सिन