स्वास्थ्य

नेपाल आइपुग्यो भारतले दिएको कोरोनाविरुद्धको खोप

नेपालका लागि भारतले अनुदानस्वरूप दिएको खोप नेपाल आइपुगेको छ। एयर इन्डियाको विमानमार्फत भारत सरकारले दिएको १० लाख डोज खोप आज नेपाल आइपुगेको हो। 

विमानस्थलमा एक कार्यक्रम गरी खोप हस्तान्तरण गरिएको थियो। खोप रिसिभ गर्न स्वास्थ्यमन्त्री हृदयस त्रिपाठी विमानस्थलमा पुगेका थिए।  नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरे ।

 

प्रकाशित: ८ माघ २०७७ ०६:२८ बिहीबार