संक्रमित एक व्यक्तिले संक्रमण चाँडै निको हुन्छ भनेर बेस्सरी पानी पिउँदा मृत्यु हुनबाट धन्नले बाँचेका छन्।
कोरोना संक्रमण भएपछि छिट्टै निको हुन्छ भन्ठानेर ३४ वर्षीय ल्युक विलियमसनले दिनमा ५ लिटर पानी पिउँदा बेहोस् भएका हुन्।
डाक्टरले दैनिक २ लिटर पानी पिउन सल्लाह दिएपछि उनले जति धेरै पानी पियो उति छिटो निको हुन्छ भन्ने बुझ्दा झन्डै मृत्युको मुखमा पुग्ने अवस्था आएको हो।
दिनमै ५ लिटर पानी पिउन थालेपछि उनको शरीरमा पानीको मात्रा अत्यधिक र नुनको मात्रा एकमदै कम भयो। यसपछि उनलाई उल्टी हुने र थकाइ लाग्ने समस्या देखिन थाल्यो। हुँदाहुँदा एकदिन उनी बेहोस् भएर ढलेका हुन्।
तुरुन्त अस्पताल लगेर भेन्टिलेन्टरमा उपचार गरेपछि उनको ज्यान बचेको हो। स्राेत : दैनिक भास्कर
प्रकाशित: १७ पुस २०७७ १४:४५ शुक्रबार