स्वास्थ्य

पुरानोभन्दा नयाँ कोरोना कति खतरनाक? यसो भन्छन् वैज्ञानिक

सुरुमा बेलायतमा देखापरेको परिवर्तित (नयाँ) कोरोना भाइरस पहिलेको भन्दा कति खतरनाक छ भनेर त्यहाँका वैज्ञानिकले अनुसन्धान गरेका छन्।  

पब्लिक हेल्थ इङ्ग्ल्यान्डले गरेको अध्ययनअनुसार स्वरूप बदलेर देखापरेको नयाँ कोरोना पुरानोभन्दा खासै बढी गम्भीर नदेखिएको खबर सार्वजनिक भएको छ।  

गम्भीरताका हिसाबले पुरानो भाइरस संक्रमणभन्दा खासै अन्तर नदेखिएको वैज्ञानिकको निष्कर्ष छ। अस्पताल भर्ना हुनुपर्ने दर पनि पहिलेको भन्दा बढी नदेखिएको उनीहरूको दाबी छ।  

तर फैलिने (सर्ने) गति भने यो नयाँ भाइरसको तीव्र देखिएकाले होसियारी अपनाउन वैज्ञानिकले सुझाव दिएका छन्। 

यो पनि पढ्नुहोस्

बेलायतमा देखिएको नयाँ कोरोनाबाट भारतका थप १४ जना संक्रमित

प्रकाशित: १५ पुस २०७७ ०७:४२ बुधबार

नयाँ कोरोना