स्वास्थ्य

बेलायतमा देखिएको नयाँ कोरोनाबाट भारतका थप १४ जना संक्रमित

बेलायतमा देखिएको बदलिएको नयाँ कोरोना भाइरसको संक्रमण भारतमा थप १४ जनामा पुष्टि भएको छ।  

योसँगै कोरोनाको नयाँ प्रजातिबाट संक्रमित हुनेको संख्या २० पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

भारतीय सरकारका अनुसार गत नोभेम्बर २५ देखि यो डिसेम्बर २३ सम्ममा बेलायतबाट फर्किएका व्यक्तिमा नयाँ भाइरसको संक्रमण देखिएको हो।  

गत हप्तादेखि बेलायतबाट हुने उडान बन्द गराइएको छ।  

बेलायतबाट फर्किएका यात्रुमा एकपछि अर्काेमा नयाँ कोरोनाको संक्रमण देखिएपछि भारतले बेलायत आवतजावत रोकलाई जनवरी ७ तारिखसम्म लम्ब्याएको छ।

प्रकाशित: १५ पुस २०७७ ०७:२३ बुधबार

बेलायत नयाँ कोरोना भारत