स्वास्थ्य

बेलायतबाट आएकालाई १० दिन क्वारेन्टिन र पीसीआर परीक्षण अनिवार्य

संयुक्त  अधिराज्य (बेलायत) बाट यही पुस १ देखि ७ गतेभित्र नेपाल फर्किनेले अनिवार्य १० दिन होटल क्वारेन्टिनमा बस्न तथा कोरोना परीक्षण गराउन सरकारले अनुरोध गरेको छ।

बेलायतमा कोरोना भाइरसको नयाँ प्रजाति देखापरेकाले त्यहाँ बसेका तथा त्यो बाटो हुँदै आएकाले नेपाल प्रवेश गरेको मितिले ७ देखि १० दिनभित्र पीसीआर परीक्षण गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाव दिएको हो।  

हेर्नुहोस्, सूचना

 

प्रकाशित: ८ पुस २०७७ १०:५४ बुधबार

बेलायत