स्वास्थ्य

पुरुषको कपाल झर्न रोक्ने तरिका

कपाल झर्नु महिलाका लागि मात्र पुरुषका लागि पनि उत्तिकै ठूलो चिन्ताको विषय हो। खासगरी पुरुषहरु पनि चाँडै तालु देखियोस् भन्ने चाहँदैनन्। पुरुषको कपाल झर्न रोक्ने घरेलु उपाय पनि छन्। यसका लागि खासगरी तेलले मालिस गर्ने, नरिवलको तेल, अण्डा, एभोकाडो, सुन्तलाको जुस, घ्यू कुमारी, निम, हेन्ना, मह, मरिच, भिनेगर र कागतीको जुसको प्रयोग गर्ने सकिन्छ। राम्रो कपालका लागि खानपानमा पनि ध्यान दिन जरुरी हुन्छ। यसका लागि गेडागुडी, खैरो भात खाने, भिटामिन बी कम्प्लेक्स प्रयोग गर्न सकिन्छ। कपाल झर्ने समस्याका कारणहरुमा मनोवैज्ञानिक समस्या, ब्याक्टेरियाको संक्रमण, केमोथेरापी, पौष्टिक तत्वको कमी र हार्मोनमा असन्तुलन हुन सक्छ। यसका साथै तालुको भागमा राम्ररी रक्तसञ्चार नहुँदा पनि कपाल झर्ने  समस्या हुन्छ। पुरुषहरूमा कपाल झर्ने समस्याको घरेलु उपचारहरुमा स् –तालुको मसाज पुरुषको कपाल झर्नबाट रोक्नका लागि तालुको भागलाई मसाज गर्दा राम्रो हुन्छ। तालुको भागमा राम्रोसँग रक्तसञ्चारका लागि यसको मसाज गर्नुपर्छ। रगतले कपालका जरालाई चाहिने अक्सिजन बोकेको हुन्छ। यसले कपाललाई उमार्न र हुर्काउन मद्दत गर्छ।

 तसर्थ, नियमित रुपमा तालुको मसाज गर्दा रक्तसञ्चारमा सुधार आउँछ। –नरिवलको पानी नरिवलको पानीमा प्रशस्त मात्रामा भिटामिन र पौष्टिक तत्व हुन्छन्। यसले कपाल पलाउनलाई सहयोग गर्छ। यसले कपालको जरालाई स्वस्थ र मजबुत पनि बनाउँछ। नरिवलको तेल वा नरिवल पानी दुवैलाई तालुमा लगाउन सक्नुहुन्छ। साथै नरिवलको पानी दिनहुँ पिउँदा कपाल र शरीर दुवै स्वस्थ हुन्छ। – अण्डा अण्डामा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ। जसले कपाललाई बाक्लो र बलियो बनाउन मद्दत गर्छ। एउटा अण्डालाई मज्जाले फिटेर पेस्ट बनाई नियमित रुपमा कपाल र तालुमा लगाएर केही मिनेटसम्म त्यत्तिकै राख्नुपर्छ। त्यसपछि पखाल्नु पर्छ। यसले कपाललाई बाक्लो र चम्किलो बनाउने काम गर्छ।   –मरिच एक गिलास दहीमा दुई र तीन चम्चा कालो मरिचको धूलो राखी पेस्ट बनाएर कपालमा लगाउँदा कपालको झर्ने दर कम हुन्छ। यसरी लगाएको केही मिनेटपछि स्याम्पू लगाई नरम तरिकाले पखाल्नु पर्छ।

प्रकाशित: ७ पुस २०७७ ०३:२२ मंगलबार