स्वास्थ्य

कोरोना महामारीकै बीच भारतमा फैलियो रहस्यमयी रोग, एकसाथ धेरै जना बिरामी

कोरोना महामारीबीच भारतमा अज्ञात रोग फैलिएको छ।  

बिबिसी हिन्दीका अनुसार आन्ध्र प्रदेशमा फैलिएको अज्ञात रोगले एक जनाको मृत्यु भइसकेको छ भने ३४० जना अस्पताल भर्ना भएका छन्। बिरामीमध्ये १८० पुरुष र १६० महिला छन्।  

डाक्टरका अनुसार बिरामीमा चक्कर लाग्ने र बेहोस हुनेजस्ता लक्षण देखिएका छन्।  अधिकारी रोग पत्ता लगाउन जुटेका छन्।  

गत हप्ताको अन्त्यतिर आन्ध्र प्रदेशको इलुरु सहरमा यस्ता लक्षणका धेरै बिरामी फेला परेका हुन्।  

कोरोना भाइरसको संक्रमण नियन्त्रण नभइरहेकै बीच रहस्यमय रोग देखापरेपछि चिन्ता बढेको छ।  

प्रकाशित: २२ मंसिर २०७७ ११:२३ सोमबार

रहस्यमयी रोग भारत