स्वास्थ्य

भारतमा एक महिनापछि नै कोरोना खोप लगाउन सुरु गरिने सम्भावना

फाइल तस्बिर

भारतमा कोरोनाविरुद्धको खोप अबको एक महिनाभित्रै आपतकालीन प्रयोगका लागि सरकारी अनुमति प्राप्त गर्ने सम्भावना देखिएको छ।  

अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एआइआइएमएस) का निर्देशक डा.रणदीप गुलेरियाले बिहीबार भारतमा कोरोनाविरुद्धको खोपको आपतकालीन प्रयोगका लागि यही डिसेम्बरको अन्त्य वा जनवरीको सुरुवातमा अनुमति दिइने जानकारी दिएका हुन्।  

उनका अनुुसार भारतमा केही खोप अन्तिम चरणको परीक्षण (ट्रायल) मा छन्। तीमध्ये कुनै खोपले डिसेम्बर अन्त्यतिर या जनवरीको सुरुवातिर स्वीकृति प्राप्त गर्ने उनले बताए। त्यसपछि खोप लगाउन थालिने भारतीय पत्रिका दैनिक भास्करले जनाएकाे छ। 

हाल भारतमा ६ किसिमका खोपमा काम भइरहेको छ। त्यसमा अक्सफोर्ड–एस्ट्राजेनेका र भारत बायोटेकको खोप अन्तिम चरणको परीक्षणमा छ।  

प्रकाशित: १८ मंसिर २०७७ ०९:४३ बिहीबार

कोरोना खोप भारत