स्वास्थ्य

वीर अस्पतालका पदाधिकारीलाई प्रवेश निषेध

कोरोना महामारीका बेला पाउनुपर्ने सुरक्षा सामग्री, तलब तथा जोखिम भत्ता नपाएको भन्दै आन्दोलनरत वीर अस्पतालका स्वास्थ्यकर्मी/कर्मचारीले निर्देशकलागयत पदाधिकारीलाई अस्पताल प्रवेश निषेध गरेका छन्।  

३६ दिनदेखि आन्दोलनरत उनीहरूले आफूहरूको माग सम्बोधन नगरेको भन्दै अस्पतालका पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका हुन्।  

अस्पताल प्रशासनले अझै वास्ता गरेन भने अस्पतालमा आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी आन्दोलनरत कर्मचारीले दिएका छन्।  

उनीहरूले दैनिक बिहान १० बजेदेखि १२ बजेसम्म धर्ना, नारा, जुलुसजस्ता विरोध गर्ने गरेका छन्। 

प्रकाशित: ९ मंसिर २०७७ ०९:१५ मंगलबार

वीर अस्पताल