स्वास्थ्य

काठमाडौं उपत्यकामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार उपत्यकामा थप ५१२ पुरुष र ३८७ महिलामा कोरोना पुष्टि भएको हो।

उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौंका ६८५, ललितपुरका १६५ र भक्तपुरका ४९ जना छन्। 

यो पनि पढ्नुहोस्

८ हजार १४४ जनाको परीक्षण गर्दा १ हजार ६७४ मा कोरोना 

प्रकाशित: ६ मंसिर २०७७ १०:५४ शनिबार