स्वास्थ्य

अमेरिकामा कोरोनाविरुद्ध खोप तयार, लगाउने अनुमतिका लागि आवेदन

अमेरिकाका औषधि कम्पनीहरू फाइजर र बायोनटेकले विकास गरेको कोरोनाविरुद्धको खोप मानिसमा प्रयोगका लागि तयार भएको छ।

त्यसको अनुमतिका लागि उनीहरूले शुक्रबार त्यहाँको नियामक निकाय खाद्य तथा औषधि प्रशासन (एफडिए) मा आवेदन दिएका छन्।  

खोपको परीक्षणसम्बन्धी तथ्यांक अध्ययन गरेर आउने डिसेम्बरको मध्यसम्म खोपलाई स्वीकृति दिने अपेक्षा गरिएको बिबिसीले उल्लेख गरेको छ।  

अन्तिम परीक्षणले खोप ६५ वर्षभन्दा माथि उमेरका मानिसलाई समेत कोरोना भाइरसबाट ९४ प्रतिशत जोगाउन सक्षम देखिएकाे दाबी गरिएकाे छ।  

एफडिएले अनुमोदन गर्नासाथ केही घण्टाभित्रै खोप वितरण थालिने खोप निर्माता कम्पनीले जनाएका छन्। 

प्रकाशित: ६ मंसिर २०७७ ०८:३२ शनिबार

फाइजर