स्वास्थ्य

‘कोभिड अस्पताल’हरूलाई सरकारको चेतावनी : निःशुल्क उपचार गरेनौ भने कारबाही हुन्छ (पत्रसहित)

‘कोभिड अस्पताल’मा सूचीकृत अस्पतालले नियमबमोजिम कोरोना संक्रमितको निःशुल्क उपचार नगरेको जनगुनासो आएको भन्दै सरकारले कारबाही गर्ने चेतावनी दिएको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सम्बन्धित सबै अस्पताललाई पत्र पठाई सरकारले निर्धारण गरेको नीतिअनुसार कोरोना संक्रमितको निःशुल्क उपचार गर्न निर्देशन दिएको हो। अन्यथा नियमअनुसार कारबाहीसमेत गरिने चेतावनी दिइएको छ।  

थप कुरा तलको पत्रमा-

प्रकाशित: ४ मंसिर २०७७ ०९:३१ बिहीबार

कोभिड अस्पताल निःशुल्क उपचार