स्वास्थ्य

नेपालमा थप १९४६ जनामा कोरोना पुष्टि, १३ संक्रमितको मृत्यु

नेपालमा थप १ हजार ९ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो दिएको जानकारीअनुसार यस्तै कोरोना संक्रमणका कारण देशभर थप १३ जनाको मृत्यु भएको छ।  

पछिल्लो २४ घण्टामा थपिएकासमेत कोरोना संक्रमितको कूल संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ। यस्तै कोरोनाका कारण मृत्यु हुनेको जम्मा संख्या  १ हजार २ सय १५ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ३ संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ७० हजार ६ सय ३२ जना निको भएका छन्।

प्रकाशित: २९ कार्तिक २०७७ ११:०० शनिबार