स्वास्थ्य

अमेरिकाले दियो १०० थान भेन्टिलेटर

सयुंक्त  राज्य अमेरिकाले कोभिड १९ उपचारमा सहयोग स्वरूप नेपाललाई १ सय थान भेन्टिलेटर प्रदान गरेको छ। अमेरिकी सरकारले आफ्नो अन्तराष्ट्रिय बिकास नियोग (युएसएआइडी) मार्फत शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेको हो। नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीले ढकाललाई हस्तान्तरण गरे।

नेपालको हरेक परिस्थिति द्वन्द्व, प्राकृतिक प्रकोपलगायतका अवस्थामा समेत अमेरिका नेपालको साथमा उभिएको जनाउँदै अहिले कोभिड १९ महामारीको बेलामा पनि अमेरिकाको साथ उत्तिकै रहेको राजदूत बेरीले बताए। अमेरिका र नेपालले हाल सामना गरिरहेको बेला नेपाललाई प्रदान गरिएका भेन्टिलेटरहरु आधुनिक तथा बहुउपयोगी रहेको जनाइएको छ। साना तथा छरितो प्रबिधीले बनेको हुनाले यी भेन्टिलेटर दुर्गममा समेत लैजान सकिने प्रकारका रहेका अन्तर्राष्ट्रिय विकास नियोगले जनाएको छ।

‘फोक्सोले प्रर्याप्त काम गर्न नसक्ने भएकोले कोभिडका बिरामीको लागि यो जीवनरक्षाको लागि महŒवपूर्ण सावित हुनसक्छ,’ राजदूत बेरीले भने। सोही क्रममा उनले अमेरिका नेपालको लागि सहज र अप्ठेरो दुवै स्थितिमा साझेदारी हुने प्रतिबद्ध रहेको बताए।

भेन्टिलेटर सहयोग गर्नुबाहेक युएसएआइडीका कार्यक्रमहरुले १ सय १३ पालिका सम्पर्क पहिचान, संक्रमण अनुसन्धानमा सहयोग, २० परिवारलाई कोभिडको बारेमा परामर्श, लकडाउनको बेला ५ लाख भन्दा बढीलाई स्वास्थ्य सेवा प्रदान, ६० हजारभन्दा बढीलाई खाद्य सहयोग प्रदान गरेका छन्।

नियोगले विशेष खालको भेन्टिलेटर सहयोग प्याकेजलाई समेत आर्थिक सहयोग गरिरहेको जनाएको छ। यसको साथै कोभिड १९ उपचार तथा उपकरणको लागि ३ अर्ब ४० करोड रुपैयाँ बराबर सहयोग प्रदान गरेको जनाएको छ।

प्रकाशित: २९ कार्तिक २०७७ ०२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App