अमेरिकाका वैज्ञानिकले कोरोना भाइरसलाई निष्क्रिय बनाउन सक्ने एन्टिभाइरल मास्क बनाएको दाबी गरेका छन्।
अमेरिकास्थित नर्थ(वेस्टर्न युनिभर्सिटीले उत्पादन गरेको मास्क लगाएर सास फेर्दा यदि सम्बन्धित व्यक्तिमा कोरोना भाइरस छ भने त्यसलाई निष्क्रिय पार्ने वैज्ञानिकले बताएका छन्।
नबुनिएको कपडामा विशेष किसिमको रसायन हालेर मास्क बनाइएको हो। त्यसले मानिसमा कोरोना भाइरस छ भने निष्क्रिय पार्ने भएकाले बाहिरी हावामा फैलिन नपाउने वैज्ञानिकले दाबी गरेकाे दैनिक भास्करले लेखेकाे छ।
प्रकाशित: १८ कार्तिक २०७७ ११:२८ मंगलबार