स्वास्थ्य

हाेम आइसोलेसनमा बस्दा चाँडै निको हुन र कोरोना सर्न नदिन अपनाउनुपर्ने नियम

कोरोना संक्रमण भएका सबै जनालाई अस्पतालमा राख्न ठाउँ नपुग्ने भएपछि सामान्य अवस्थाका बिरामीलाई सरकारले घरमै एकान्तवास अर्थात् होम आइसोलेसनमा बस्न भनेको छ।  

सोहीअनुरूप देशभर थुप्रै संक्रमित आआफ्नै घरमा आइसोलेसनमा बसेका छन्। तर यस्तो बेला अपनाउनुपर्ने सुरक्षा अपनाइएन भने आफ्नो ज्यान त जोखिममा पर्छ नै सँगसँगै परिवारका अन्य सदस्यलाई पनि संक्रमण सर्ने जोखिम हुन्छ।

यसर्थ होम आइसोलेसनमा बस्दा के के गर्नुपर्छ भन्ने कुरा जान्न जरुरी छ। यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक सञ्जालमार्फत सन्देशमूलक भिडिओ सार्वजनिक गरेको छ।  

जसमा डा.अमृत पोखरेलले होम आइसोलेसनमा बस्दा अपनाउनुपर्ने मापदण्डबारे जानकारी दिएका छन्।  

उनका अनुसार होम आइसोलेसनमा बस्दा पर्याप्त घामको किरण पस्ने कोठा हुनुपर्छ। संक्रमित व्यक्ति घरबाहिर निस्कन हुँदैन। अनि झोलिलो, पोषिलो खानेकुरा खानुर्पर्छ।

आफूले प्रयोग गरेका भाँडाकुँडा आफैंले राम्रोसँग सफा गर्नुपर्छ र त्यो राम्रोसँग सुकेपछि मात्र फेरि प्रयोग गर्नुपर्छ। सकेसम्म शौचालय एवं स्नागृह पनि छुट्टै भए राम्रो। छैन भने संक्रमितले प्रयोग गरिसकेपछि राम्रोसँग सफा गर्ने आदि। 

प्रस्तुत भिडिओमा विस्तृत जानकारी सुन्न सकिन्छ : 

प्रकाशित: २६ आश्विन २०७७ १०:०८ सोमबार

आइसोलेसन