स्वास्थ्य

मोवाइल स्क्रीन र पैसामा कोरोना भाइरस २८ दिनसम्म रहन सक्ने

अनुसन्धानकर्ताले भनेका छन् कोभिड १९ संक्रमण गराउने कोरोना भाइरस पैसा, मोवाईलको स्क्रीन तथा स्टिल जस्ता बस्तुमा २८ दिनसम्म जीवित रहन सक्ने बताएका छन्।

अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीका अनुसार SARS-Cov-2 भाइरस केही बस्तुको सतहमा धेरै दिन बाँच्ने गरेको छ।

यो शोध अध्यारो र स्थितर तापक्रममा गरिएको थियो। तर अहिले अल्ट्रावायलेट लाइटको प्रयोगबाट भाइरस नष्ट हुनेसमेत बताइएको छ।

तर केही जानकारहरु सतहमा रहने भाइरस मानिसलाई कति खतरा छ भन्ने विषयमा शंका रहेको बताउँछन्।  

कोरोना भाइरस मानिसको खोकी, हाच्छ्युँ र बोलिचालिमा निस्कने थुकका कारण धेरै सर्ने गर्छ।

 

 

 

प्रकाशित: २६ आश्विन २०७७ ०८:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App