स्वास्थ्य

कोरोनाबाट विश्वमा अहिलेसम्म कति जनाको मृत्यु भयो?

कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १० लाख ३५ हजार नाघेको छ।  

जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार आइतबारसम्म कोरोना संक्रमणका कारण १० लाख ३८ हजार मानिसको मृत्यु भएको हो।  

योसमेत विश्वमा कोरोनाबाट सङक्रमित हुनेको संख्या ३ करोड ५१ लाख ४० हजारभन्दा बढी पुगेको छ। तर सङ्क्रमितमध्ये २ करोड ६१ लाख ३० हजार निको भएका छन् भने ७९ लाख ६ हजारभन्दा बढी मानिस संक्रमित अवस्थामै छन्। तीमध्ये ६६ हजारभन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल छ।  

पेसा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने सङ्क्रमितको संख्या पनि ७६ लाख नाघिसकेको छ।  

कोरोना सङक्रमणबाट अमेरिकामा अहिलेसम्म २ लाख १४ हजार जनाको मृत्यु भएको छ।  

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्प दुवैलाई कोरोना संक्रमण भएको छ। विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या लाख नाघेको छ।  

आइतनबारसम्म प्राप्त तथ्यांकअनुसार भारतमा ६५ लाख ४९ हजारभन्दा बढी व्यक्तिलाई कोरोना सङ्क्रमण भएको छ भने तीमध्ये १ लाख १ हजार ९ सय ६० जनाको मृत्यु भइसकेको छ।  

कोरोनाबाट विश्वमा तेस्रो पीडित ब्राजिलमा ४९ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा १ लाख ४६ हजार जनाको मृत्यु भएको छ।  

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ४ हजारभन्दा बढी सङ्क्रमित छन् भने २१ हजार २५१ जनाको मृत्यु भएको छ। सङ्क्रमितको संख्या पनि दैनिक बढ्दो छ।  

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा कोरोना भाइरसको प्रकोप बढ्दो रूपमा रहेको केही दिनअगाडि २४ घण्टामा यसबाट ३ हजार ३५२ जनाको मृत्यु भएको थियो।  

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आकलन गर्दै जनजीवनमा धेरै किसिमका प्रतिबन्ध घोषणा गर्न थालिएका छन्।  

प्रकाशित: १८ आश्विन २०७७ ११:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App