स्वास्थ्य

कोरोनाविरुद्ध लड्न नीम पनि उपयोगी, यस्ता छन् यसका ४ फाइदा

कोरोना भाइरसको महामारी फैलिएयता रोगसँग लड्ने शक्ति अर्थात् रोगप्रतिरोधी क्षमता बढाउनुपर्नेमा विज्ञले जोड दिइरहेका छन्। यस क्रममा अहिले नेपालमा सजिलै पाइने गुर्जाेको सेवनले पनि रोगप्रतिरोधी क्षमता अर्थात् इम्युनिटी पावर बढाउने कुराको चर्चा व्यापक बनेको छ।  

यसै सन्दर्भमा नेपालमै पाइने अर्काे वनस्पति नीम पनि इम्युनिटी पावर बढाउन सहयोगी हुने विज्ञले बताएका छन्।  

साथजै यसले छालासँग सम्बन्धित समस्याबाट छुट्कारा दिलाउँछ। नीमपानीमा एन्टिइन्फ्लेमेटरी, एन्टिफंगल, एन्टिब्याक्टेरियलजस्ता धेरै औषधीय तत्व हुन्छन्, जसले धेरै रोगबाट बचाउन मद्दत गर्छन्।

नीमपानी वा नीमको पात बिहान बिहान खाली पेटमा खानाले शरीरका दुखाइ, घाउ, पेटका गडबडी, कपाल झर्नेसमस्यालगायत धेरै समस्यामा फाइदा पुग्ने विज्ञको भनाइ छ।

हिन्दी पत्रिका बोल्ड स्काईका अनुसार नीमपानीको सेवनले निम्न फाइदा हुन्छन् :

दाँतका लागि फाइदाजनक

नीमपानी सेवन दाँतका लागि पनि लाभदायक छ। यसले दाँत र गिजासम्बन्धी समस्या समाधान गर्छ। यसमा हुने एन्टिब्याक्टेरियल तत्वले दाँतमा रहेका ब्याक्टेरिया हटाउँछ र सास र मुखबाट आउने दुर्गन्ध पनि टाढा भगाउँछ।  

छाला र कपालका लागि नीम

छाला र कपालका लागि पनि नीमपानीको प्रयोग निकै लाभकारी हुन्छ। डन्डिफोर, घाउ, छालाको एलर्जी, एक्जिमा, ससाना खटिरा, दाग धब्बालगायत छालाका मौसमी रोग हटाउन नीमपानीको सेवनले मद्दत गर्छ। नीममा भिटामिन ई, एस्ट्रिन्जेन्ट गुण हुन्छ, जसले छाला र कपाललाई स्वस्थ राख्छ। यसमा पाइने एन्टिब्याक्टेरियल गुणले छालामा भएका ब्याक्टेरिया मार्छ।  

पेटको समस्यामा

पेट दुख्ने समस्यामा नीमको सेवनले राहत दिन्छ। यसले पेटको अल्सरमा समेत राहत दिन्छ। पेट फुल्ने,  कब्जियत आदि पेटसम्बन्धभी समस्यामा यो फाइदाजनक हुन्छ। पेटलाई फ्लु र संक्रमणबाट बचाउँछ। किनकि यसले पेटभित्र रहेका हानिकारक ब्याक्टेरिया मार्छ।  

रोगप्रतिरोधी शक्ति बढाउँछ

यो कोरोना महामारीका बेला नीमका पात सेवन गर्दा रोगप्रतिरोधी क्षमता बढाउन सकिन्छ। नीमको काढा वा यसको पानी पिउनुस्। नीममा पाइने एन्टिइन्फ्लेमेटरी, एन्टिफंगल, एन्टिब्याक्टेरियलजस्ता तत्वले प्रतिरोधी क्षमता बलियो बनाउँछ। गम्भीर रोगबाट बच्न चाहनुहुन्छ भने आजैदेखि नीमपानी सेवन सुरु गर्नुस्।  

प्रकाशित: १३ आश्विन २०७७ १०:५६ मंगलबार

राेगप्रतिराेधी क्षमता वनस्पति