स्वास्थ्य

रुसले बनाएको कोरोना भ्याक्सिनको परीक्षण कहाँ पुग्यो?

रुसले बनाएको कोरोना भाइसविरुद्धको भ्याक्सिन फेरी चर्चामा रहेको छ। 'स्पुतनिक वी' भ्याक्सिन लगाएका सात मानिस मध्ये एक जनामा समस्या देखिएको रुसका स्वास्थ्य मन्त्री मिखाइल मुराशकोले बताएका छन्।

४० हजार घोषित स्वयंसेवक मध्ये ३ सय भन्दा धेरैलाई 'स्पुतनिक वी' भ्याक्सिन लगाइएको छ। १४ प्रतिशत स्वमसेवकले २४ घण्टामा कमजोरी, शरिर दुख्ने, तापक्रम बढ्ने गरेको बताएको समाचार एजेन्सी तासले बताएको छ।

मन्त्री मुराशले भ्याक्सिन लगाएको एक दिनपछि लक्षणमा कमि देखिएको दावी गरेका छन्। भ्याक्सिन लगाएपछि देखिन सक्ने जटिलताका बारे निर्देशिका बनाएको र यसबारे पूर्वअनुमान गरिएको उनले बताएका छन्। रुसले स्पुतनिक वी भ्याक्सिनलाई परीक्षण गर्न दिन अघिल्लो महिना अनुमति दिएको थियो।

स्पुतनिक वीको अन्तिम परीक्षण यस महिनाको सुरुवातमा मस्कोमा सुरु भएको थियो। तर यसको पूर्ण सुरक्षा र निदानाको प्रभावकारिता चाँच भने भएको छैन।

 

 

प्रकाशित: २ आश्विन २०७७ ०७:०४ शुक्रबार

कोरोना भाइरस कोरोना भ्याक्सिन