स्वास्थ्य

मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्नु: स्वास्थ्य मन्त्रालय

मृत्यु भइसकेका व्यक्तिहरुको स्वाब परीक्षण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्न निर्देशन दिएका छन्। सरकारले मृत्यु भइसकको व्यक्तिहरुको पीसीआर परीक्षण नगर्ने निर्णय गरेको हो।

प्रवक्ता गौतमले भने, 'मृत्यु भएका व्यक्तिहरुको नमुना झिकेर कोरोना परीक्षण गरेको सूचना आएको छ, तर अब त्यस्तो नगर्न निर्देशन छ, कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिको मृत्यु भएर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ।'

प्रकाशित: ३१ भाद्र २०७७ १२:१३ बुधबार