स्वास्थ्य

नेपालका यी ६ जिल्ला, जहाँ अहिले एक जना पनि संक्रमित छैनन्

हाल नेपालका ६ वटा जिल्लामा एक जना पनि संक्रमित अवस्थामा नरहेको सरकारले जनाएको छ।  

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला जिल्लामा अहिले कोही पनि कोरोना संक्रमित अवस्थामा छैनन्। भएका सबै निको भइसकेका छन्।  

यस्तै काठमाडौंसहित ७ जिल्लामा भने ५ सयभन्दा बढी व्यक्ति अहिले पनि संक्रमित अवस्थामा छन्, उनीहरू निको हुन बाँकी छ। 

ती जिल्ला मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, चितवन, मकवानपुर र रूपन्देही भएको मन्त्रालयले जनाएको छ।  

प्रकाशित: ३० भाद्र २०७७ ११:२५ मंगलबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय