स्वास्थ्य

बंगलादेशले उपलब्ध गराएको औषधि स्वदेश ल्याइयो

बंगलादेशले कोभिड–१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोग स्वरुप नेपाललाई उपलब्ध गराएको छ। नेपाली सेनाको स्काई ट्रक मार्फत आज साँझ पाँच हजार थान ती औषधि स्वदेश ल्याइएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।  

सहायकरथी आशिष नरसिह राणाको नेतृत्वमा गएको पाँच सदस्यीय टोलीले ल्याएको उक्त औषधि आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रकाशित: २७ भाद्र २०७७ १४:३५ शनिबार