स्वास्थ्य

भारतमा कोरोना मुक्त भइसकेको व्यक्तिमा पुन : संक्रमण

भारतको ब्याङलोरमा दोस्रो पटक कोरोना संक्रमण भएका व्यक्ति फेला परेका छन्। एक निजी अस्पतालले दोस्रो पटक संक्रमित व्यक्ति फेला पारेको दावी गरेको बीबीसीले जनाएको छ। उक्त अस्पतालले २६ वर्षीया ति महिलालाई पहिलो पटक जुलाईमा संक्रमण देखिएको बताएको छ।

यो बीचमा ति महिलालाई कुनै स्वास्थ्य समस्या नभएको बताइएको छ। एक महिनापछि उनलाई २४ अगस्टमा पुन: करोनासँग मिल्दा लक्षण देखिएपछि अस्पताल ल्याइएको थियो।    

फोर्टिस अस्पतालका संक्रामक रोग विभागका सल्लाहकार डा. प्रतीक पाटिलका अनुसार ति महिलाको पहिला र्याापिड एन्टिजन टेष्ट र पछि पीसीआर टेष्ट गरिएको थियो। दुवै परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको छ। उनको एन्टिबडी टेस्ट नेगेटिभ आएपछि उनी दोस्रो पटक संक्रमित भएको अनुमान गरिएको उनले बताए।

दोस्रो भाइरस एक दोस्रोसँग कति फरक छ भन्नेबारे आनुवांशिक विश्लेषण गरिने डा. पाटिलले बताएका छन्। एक पटक संक्रमण मुक्त भएपछि पनि लापरबाही गर्न नहुने कुरा यो घटनाबाट देखिएको उनले बताए। मास्क र सरसफाईमा ध्यान दिनु पर्ने उनले बताए।

 

प्रकाशित: २२ भाद्र २०७७ ०७:१७ सोमबार

कोरोना भाइरस