स्वास्थ्य

बूढानीलकण्ठको घटनाले काठमाडौंमा हजारौंको परीक्षण गर्नुपर्ने पुष्टि गरेको छ : गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले काठमाडौंमा कन्ट्याक्ट ट्रेसिङ (संक्रमितसँग सम्पर्क भएका व्यक्ति) बाहेक पनि हजारौं मानिसको पिसिआर परीक्षण गर्न सरकारसँग माग गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिकामा देखिएको संक्रमणको तथ्यांक सार्वजनिक गर्दै उनले यसबाट काठमाडौंमा जोखिम समूह पहिचान गरेर व्यापक मात्रामा कोरोना परीक्षण गर्नुपर्ने पुष्टि भएकाे बताएका हुन् ।  

आइतबार आफ्ना ट्विटर तथा फेसबुक अकाउन्टमा बूढानीलकण्ठको घटनाको विस्तृत विवरण राख्दै थापाले कन्ट्याक्ट ट्रेसिङबाहेक जाेखिममा रहेका अन्य व्यक्तिकाे पनि  काेराेना परीक्षण गर्न सरकारसँग माग गरेका हुन् ।

हेरौं, थापाले ट्विटरमा राखेको विवरण-

प्रकाशित: १४ भाद्र २०७७ ०९:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App