विश्वमा कोरोना संक्रमणका कारण हरेक १५ सेकेन्डमा एक जनाको मृत्यु भइरहेको पाइएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार हरेक २४ घण्टामा कोरोनाबाट ५ हजार ९ सय मानिसको मृत्यु भइरहेको हो ।
शुक्रबारसम्म पछिल्लो २ हप्ताको तथ्यांकका आधारमा यस्तो हिसाब निस्किएकाे हो ।
यस हिसाबले कोरोनाका कारण विश्वमा हरेक घण्टामा २४६ जनाको ज्यान गइरहेको छ । यसको अर्थ प्रत्येक १५ सेकेन्डमा एक जनाको मृत्यु भइरहेको छ ।
प्रकाशित: ७ भाद्र २०७७ ०८:४७ आइतबार