स्वास्थ्य

कोरोना महामारी स्पेनिस फ्लुजस्तो लामो समय रहँदैन : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारी सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुजस्तो लामो समय नरहने दाबी गरेको छ। 

शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानम गेब्रियससले कोरोना महामारी २ वर्षभन्दा कम समयभित्रै अन्त्य हुने आशा व्यक्त गरेका हुन्।  

स्पेनिस फ्लुजस्तो २ वर्षभन्दा बढी सयम कोरोना महामारी नजाने र चाँडो नियन्त्रणमा आउने विश्वास उनको छ।  

भूमण्डलीकरण र विश्वका मानव एकअर्काको सम्पर्कमा रहेका कारण कोरोना संक्रमण चाँडो फैलिए पनि पछिल्लो विकसित प्रविधिका कारण यो स्पेनिस फ्लुको तुलनामा चाँडै नियन्त्रण हुने उनको अपेक्षा छ।  

स्पेनिस फ्लु १९१८ फ्रेबुअरीदेखि १९२० अप्रिलसम्म फैलियो थियो। जसबाट कम्तीमा ५ करोड मासिनको मृत्यु भएको थियो। 

काेराेना महामारीका कारण अहिलेसम्म विश्वमा ८ लाखभन्दा बढी मानिसकाे मृत्यु भइसकेकाे छ भने २ करोड ७० लाख भन्दा बढी संक्रमित भएका छन्। बिबिसी

प्रकाशित: ६ भाद्र २०७७ ०७:२४ शनिबार

डब्लुएचओ