स्वास्थ्य

विश्वमा एक दिनमा अहिलेसम्मकै अत्यधिक संक्रमित थपिए : डब्लुएचओ

विश्व स्वास्थ्य संगठनको मुख्यालय

विश्वमा एक दिनमा अर्थात् २४ घण्टामा अहिलेसम्मकै बढी संख्या कोरोना संक्रमित थपिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।  

उसका अनुसार बितेको २४ घण्टामा २ लाख ९४ हजारभन्दा बढी जनामा संक्रमण पुष्टि भएको हो । एक दिनमा थपिएको संक्रमतिको यो संख्या महामारी फैलिएयताकै बढी भएको डब्लुएचओले जनाएको छ ।  

जोन्स हप्किन्स विश्वविद्यालयको ड्यासबोर्डका अनुसार योसमेत संसारभर संक्रमितको संख्या २ करोड १४ लाख नाघेको छ । तीमध्ये ७ लाख ७१ हजार १ सय ८३ जनाको मृत्यु भइसकेको छ ।  

कोरोना महामारीबाट विश्वमै सबैभन्दा पीडित अमेरिकामा अहिलेसम्म ५३ लाख ६१ हजार जनालाई कोरोनाको संक्रमण भइसेकेको छ, जसमधये १ लाख ७० हजार बिरामीको मृत्यु भइसकेको छ ।  

यसपछि विश्वमा सबैभन्दा बढी संक्रमित ब्राजिलमा छन् । त्यहाँ अहिलेसम्म कोरोना संक्रमितको संख्या ३३ लाख १७ हजार पुगेको छ भने तीमध्ये १ लाख ७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।  

यसपछि तेस्रो पीडितमा भारत छ । त्यहाँ अहिलेसम्म २५ लाख ८९ हजार जनालाई कोरोना संक्रमण तथा तीमध्ये करिब ५० हजार बिरामीको मृत्यु भएको डब्लुएचओले जनाएको  छ ।  

प्रकाशित: ३२ श्रावण २०७७ ११:०० आइतबार

डब्लुएचओ भारत