स्वास्थ्य

६ हजार ५४४ कोरोना संक्रमित निको हुन बाँकी, कुन प्रदेशमा कति ?

मुलुकभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३ हजार पुग्न लागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत आइतबार अपराह्न दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै देशभर कोरोनाबाट संक्रमित हुनेको जम्मा संख्या २२ हजार ९७२ पुगेको हो ।  

तर तीमध्ये १६ हजार ३ सय ५३ जना निको भइसकेका छन् । जसमा पछिल्लो २४ घण्टामा डिस्चार्ज हुने ४० छन् ।  

मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार आइतबार अपराह्नसम्म मुलुकभर अझै ६ हजार ५४४ संक्रमित निको हुन बाँकी छन् । जसमा प्रदेशअनुसार संक्रमितको संख्या यस्तो छ ः  

प्रदेश १ मा ५११ संक्रमित

प्रदेश २ मा ३ हजार ७५ संक्रमित

बागमती प्रदेशमा १ हजार १३२

गण्डकी प्रदेशमा २३७

प्रदेश ५ मा ४४६  

कर्णाली प्रदेशमा १६९

सुदूरपश्चिम प्रदेशमा ९७४  

 

प्रकाशित: २५ श्रावण २०७७ ११:५५ आइतबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय