स्वास्थ्य

राहदानी विभागका ४० कर्मचारीको कोरोना परीक्षण हुँदै

फाइल तस्बिर

राहदानी विभागमा बुधबार स्वाब संकलन भइरहेको छ । एक साताअघि विभागमा राहदानी लिन पुगेका जापानका लागि नेपाली राजदूतका पतिमा कोरोना पुष्टि भएपछि विभागका ४० कर्मचारीको स्वाब संकलन भइरहेको हो । 

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा सर्भिलेन्स शाखाका अनुसार राजदूतमा भने कोरोना नेगेटिभ देखिएको छ । राहदानी दिने प्रक्रियामा सहभागी कर्मचारीको पिसिआर परीक्षण गर्न लागिएको शाखाका मेडिकल टेक्नोलोजिस्ट धनराज पौडेलले नागरिकलाई जानकारी दिए । 

प्रकाशित: २१ श्रावण २०७७ ११:०३ बुधबार

राजदूत राहदानी विभाग