स्वास्थ्य

सरकारले बढायो कोरोना परीक्षणको दायरा

सरकारले सीमित रहेको कोरोना परीक्षणको दायरा बढाएर फराकिलो पारेको छ । पुरानो ‘नेशनल टेष्टिङ गाइडलाइन’ मा परिमार्जन गरी दायरा फराकिलो पारेको हो । सबैतिरबाट परीक्षण्को दायरा नबढाएको गुनासो आएपछि सरकारले परीक्षणको दायरा फराकिलो पारेको हो ।  

पछिल्लो निर्देशिका अनुसार कोभिड-१९ को लक्षण देखिएका, खोकी लागेका, श्वास–प्रश्वासमा समस्या भएका, झाडापखाला लागेका, सुँघ्ने तथा स्वाद थाहा पाउन कमी भएकाले नमूना परीक्षण गरिनेछ । त्यसै गरी कोभिड-१९ संक्रमितसित सम्पर्कमा पुगेका सबै व्यक्ति, श्वास–प्रश्वास तथा भाइरल संक्रमण भएका सबै व्यक्ति, स्थल तथा हवाइ दुवै मार्गबाट आएकालाई सात दिनभित्र परीक्षण गरिने व्यवस्था गरेको छ।

निर्देशिकाले फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, प्रहरी तथा अन्य समूहको पनि परीक्षण गर्ने जनाएको छ । १४ दिन क्वारेन्टिनमा बसेका हरेक व्यत्ति, कोरोना प्रभावित ठाउँबाट आएका हरेक व्यक्ति, आईसियुमा उपचार गरिरहेका, ६० वर्ष पुगेका सबै, अस्पतालमा शल्यक्रियाको प्रक्रियामा रहेका र अस्पतालमा बसेर डिस्चार्ज हुन लागेका सबैको परीक्षण गर्ने जनाएको छ ।

प्रकाशित: १८ श्रावण २०७७ १३:२४ आइतबार

कोरोनाभाइरस