स्वास्थ्य

एक वर्षमा सवा तीन लाख बिरामीले लिए बहिरङ्ग सेवा

आइतबार आयोजित पत्रकार सम्मेलनमा चितवन मेडिकल कलेजका अध्यक्षलगायत । तस्बिर : सूर्यप्रकाश/नागरिक

भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालबाट एक वर्षमा सवा तीन लाख बिरामीले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् । अस्पतालले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी दिएको हो ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालले गत आर्थिकमा तीन लाख २४ हजार ६ सय ६९ जना बिरामीले ओपिडी सेवा लिएको बताउँछन् । उनका अनुसार ओपिडी सेवा लिनेमध्ये ६३ हजार ७ सय ९७ जना बिरामीले स्वास्थ्य बिमा सेवा, ३ हजार २७ जनाले निःशुल्क प्रसूति सेवा र गरिब तथा बिपन्न वर्ग अन्तर्गत निःशुल्क उपचार सेवा २९ हजार ८ सय ९४ जनाले लिएको जानकारी दिए ।

अस्पतालका अध्यक्ष डा. हरिशचन्द्र  न्यौपाने ३७ शैय्याको मेडिकल आइसियू, २० शैय्याको सर्जिकल आइसियू, २० शैय्याको एनआइसियू, १७ शैय्याको पिआइसियू, ६ शैय्याको इमरजेन्सी आइसियू, १६ शैय्याको कोभिड आइसियू र २० शैय्याको सिसियूसहितको सेवा दिँदै आएको बताउँछन् ।

प्रकाशित: १८ श्रावण २०७७ १०:०८ आइतबार

बहिरङ्ग सेवा