स्वास्थ्य

पर्सामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

पर्सामा थप दुई जना कोरोना संक्रमितको बुधबार मृत्यु भएको छ । पर्साका सहायक प्रमुख जिल्ल अधिकारी ललितकुमार बस्नेतले एक जनाको गण्डकस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा र अर्कोको वीरगन्ज भेंडियाहीस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको बताए पुष्टि गरे ।  

गण्डकस्थित कोभिड अस्पताल ६ दिनदेखि उपचाररत भर्ना रहेका वीरगन्जका एक ६८ वर्षीय कोरोना संक्रमितको बिहान १० बजेर ४० मिनेटमा मृत्यु भएको थियो । वीरगन्ज महानगरपालिका–७ रेशमकोठीका ६८ वर्षीय वृद्धको बुधबार मृत्यु भएको हो । अस्पतालका डाक्टर निरजकुमार सिंहका अनुसार बृद्ध वीरगन्जकै एड्भान्स मेडिकेयर हस्पिटलमा उपचारको क्रममा भर्ना रह्दा स्वासप्रश्वासमा समस्या देखिएपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । त्यसएपछि साउन ८ मा एड्भान्स मेडिकेयरबाट कोरोना अस्पताल रेफर गरिएका बृद्धमा पहिलोदेखि मुटु रोगको समस्या थियो ।  

त्यस्तै नेशनल मेडिकल कलेजमा पखाला लागेर उपचारका लागि भर्ना रहेका एक जना बृद्धको बुधवार बिहन मृत्यु भएको छ भने साँझ आएको उनको स्वायब परिक्षण रिपोर्टमा कोरोना पोजेटिक भेंटिएको छ । ७१ वर्षका पुरुष झडा पाखालाको मेडिकल कलेज पुगेको बेला उपचारका क्रममा उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । रिपोर्ट नआउँदै बुधबार विहान उनको मृत्यु भएको छ । 

बुधबार साँझ आएको रिपोर्ट कोरोना पोजेटिभ छ । उनको पहिलोदेखि मिर्गौलामा समेत समस्या देखिएको थियो । ८ दिनयता वीरगन्जमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित: १४ श्रावण २०७७ १३:५४ बुधबार

कोरोना सङ्क्रमण